सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायांकनरत फिल्म ‘दुई कदम’को ८० प्रतिशत छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ। पुर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा धमाधम छायांकन भई रहेको फिल्मलाई निर्देशक उदय सुब्बाले एक्सन कट भनिरहेका छन।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारले अभिनय गरिरहेका छन।

दयाराम घिमिरेको कथामा बनिरहेको फिल्ममा तारादेवी लिम्बुको लगानी रहेको छ। विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ ।

प्रेम कथामा आधारित फिल्मको अहिले सम्म रिलिज डेट फिक्स नभएपनि निर्माण टिमले फिल्मलाई भदौमा रिलिज गर्ने योजना बनाईरहेका छन।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com