सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: फिल्म ‘सोली डोली’को औपचारिक घोषणा भएको छ। निर्माण टिमले आइतबार फिल्मको औपचारिक घोषणा गरेको हो। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दुई नम्बरीका निर्माता किरण नेपालीले निर्देशन गर्ने भएका छन।

अहिले सम्म कुनैपनि कलाकारहरु टुंगो नलागिसकेको फिल्ममा ४ नायक तथा ३ नायिका रहने जानकारी निर्माण टिमको छ। कमेडी जनरामा बन्न लागेको फिल्मको चय्नाकन असोजबाट सुरु हुनेछ।
अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानीमा बन्न लागेको फिल्ममा प्रदीप भारद्धाजको कथा छ रहनेछ। फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता रहनेछन।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com