सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: फिल्म ‘वेलकम टु हेम्जाकोट’को रिलिज डेट फिक्स भएको छ।क्लोज – अप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म अब भने जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो।

बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई डेब्यु निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्। फिल्म तेजप्रसाद दाहालको प्रस्तुति र जितेन्द्र गिरी निर्माणमा बनेको हो। सुमन खड्का निर्माता रहेको फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन्।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार भएको फिल्मलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् ।

फिल्मले रिलिज अगावै उत्कृष्ट फिल्मको अवार्ड आफ्नो पोल्टोमा पारिसकेको छ। केहि महिना अगाडी काठमाडौँमा आयोजित ‘चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘वेलकम टु हेम्जाकोट’ले उत्कृष्ट फिल्मको अवार्ड जितिसकेको छ। फेस्टिभलमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी थिए ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com