सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायांकन अघिनै विदेश राईट्स विक्री भएको फिल्म ‘नाङ्गो गाउँ’को सम्पूर्ण छायांकन सकिएको छ। दिपेन्द्र लामा निर्देशित फिल्मको छायांकन करिब ३३ दिनमा सकिएको हो। चाडैनै पोस्ट प्रोडक्सनको काममा ब्यस्त रहने फिल्मको प्रदर्शन भने महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै भदौ २९ लाई रोजेको छ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ। हिमाल शर्माको प्रस्तुति रहेको फिल्म निर्देशक लामाकै लेखनमा बनेको हो। फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com