सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायिका समिक्षा अधिकारी आफ्नो व्यक्तिगत विवादलाई साईडमा राख्दै आफ्नो दैनिकीमा फर्किसकेकी छन। केहिदिन अघि देखिने निकै नै सक्रिय हुँदै आएकी उनले अहिले दिनकै ४ ५ वटा जति गीत रेकर्ड गर्न थालिसकेकी छन। भर्खरै मात्र उनको आवाज रहेको आफ्नो आफ्नो दु:ख बोल रहेको फिमेल भर्सनको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पशुपति शर्माको शब्द संगीत रहेको छ। बिनोद बाजुरालीको संगीत एरेन्ज रहेको गीतमा समिक्षा स्वयमले नै अभिनय गरेकी छन। सार्वजनिक गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने भिडियोको छायांकन पनि निर्देशक स्वयमकै रहेको छ।
पछिल्लो समय उनि नायक पल शाहसंगको ब्यतिगत विवादका कारण चर्चामा थिईन।  अहिले भने उनि विवादलाई भुल्दै आफ्नो काममा पुन: सक्रिय बनिसकेकी छन।

 

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com