सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फस्टलुक पोस्टर सार्वजनिक भएसँगै एक किसिमको हाईप क्रिएट गरेको फिल्म ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया बस्यो तिमीसँग’ बोलको प्रेमिल गीतमा फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के र गौरव बिष्टलाई रोमान्टिक देख्न सकिन्छ। गीत केतन क्षेत्री र निखिता थापाको आवाजमा सजिएको गीतको अडियो भिडियो निकै राम्रो बनेको छ। के के ब्रदर्स अर्थात (कोशिस र केतन क्षेत्री )को कम्पोज र शब्द रहेको गीतमा उदय राज पौडेलले संगीत भरेका छन।

सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको ‘परस्त्री’मा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला पाण्डेले लगानी गरेको फिल्मको कथा दिपेन्द्र के खनालले लेखेका हुन। फिल्म यहि असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com