सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रि बहादुर’को पोस्टर सार्वजनिक भएको छ।  निर्माण टिमले फिल्मको पोस्टरसंगै रिलिज डेट पनि फिक्स गरेका छन। अब भने फिल्म यहि असार २९ गतेबाट प्रदर्शन हुने भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्या पात्रहरु सलोन बस्नेत, शोभित बस्नेत, जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र गेस्ट रोलमा रहेकी अभिनेत्री पूजा शर्मालाई केन्द्रमा राखिएको छ।

ए. बी. पिक्चर्स फर्म र सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता भने मिथुन भोटे हुन्। कमेडी जनरामा बनेको फिल्मको कथा राम काजी घिमिरेले लेखेका हुन्। फिल्ममा सलोन बस्नेत, शोभित बस्नेत, जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेतका अलावा धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतको पनि अभिनय रहेको छ। यस अघि विदेशका विभिन्न ठाउँहरुमा सफल रिलिज गरिसकेको फिल्मले अब भने नेपाली दर्शकको मन जित्ने नजित्ने भने हेर्न बाकि छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com