सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका मुख्य कलाकारहरु नम्रता सापकोटा, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, किरण नेपाली लगायतका कलाकारहरुलाई केन्द्रमा रखिएको छ। ७० बर्ष अघिको कथामा बनेको फिल्मको टिजरमा गौरव र नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई देखाउन खोजिएको छ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा तथा राजु गिरिले निर्देशन गरेको फिल्ममा नारायण खातीको कथा तथा प्रस्तुति रहेको छ। फिल्ममा शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहेको फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ।

भाद्र १ गतेलाई रिलिज डेट फिक्स गरेको फिल्ममा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीले आवाज भरेका छन। फिल्ममा बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन रहेको छ।
फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com