सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: अभिनेत्री पूजा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छन। उनि चाडैनै छायांकनमा जाने फिल्म ‘दान्भी’मा देखिन लागेकी हुन्। पूजासंगै फिल्ममा मोडल कुन्साङ बम्जनपनि देखिदै छन। कुन्साङको यो डेब्यु फिल्म हुनेछ। हुनत कुन्साङले यस अघि नायिका एलिजा गौतमसँग डेब्यु गर्न लागेका थिए, तर अहिले सो फिल्म नबन्ने पक्का भएको छ।

निर्माण टिमले फिल्मको ३ वटा छुट्टाछुट्टै पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेका हुन्। प्राय: लव स्टोरी जनरामा देखिदै आएकी पूजालाई ‘दान्भी’को पोस्टरमा एङ्ग्रि वुमनको लूक्समा देख्न सकिन्छ। आफ्नो फिल्मी करियरमा हालसम्म १० वटा फिल्ममा अभिनय गरेकी पूजाका लागि ‘दान्भी’ भने विल्कुलै फरकधारको फिल्म हुनेछ।  उनि फिल्ममा एक्सन लेडीको रुपमा देखिने भएकी छन।

फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यसअगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो । फिल्मको एक्सन दृश्यलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका थिए । रुपेशले भने–‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मिहिनेत गरिरहेको बताइन् । उनले भने–‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’ नायक कुन्साङ बोमजमले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् ।

फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com