सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लभर गर्लको आफ्नो छवीलाई अभिनेत्री पूजा शर्माले तोड्ने पक्का भएको छ। केहिदिन अघिमात्र उनले अभिनय गर्न लागेको नयाँ प्रोजेक्ट ‘दान्भी’को पोस्टर सार्वजनिक भएसंगै उनको चर्चा अहिले सिनेवृतमा ह्वात्तै बढेको छ। सार्वजनिक पोस्टरमा पेस्तोल बोकेर एक्सन मूडमा एङ्ग्रि वुमनको अवततारमा देखिएकी उनले आफ्ना फ्यानहरुलाई आश्चर्य चकित बनाएकी छन। फिल्ममा एक्सन लेडीको रुपमा देखिने पूजा अहिले कडा परिश्रम पनि गरिरहेकी छन। दान्भीकै लागि भनेर उनि अहिले आफ्नो शरीर कसिलो बनाउन दैनिक जिम मात्र धाउने गरेकी छैनन् , एकहप्ता देखि उनले द्वन्दको तालिम पनि लिईरहेकी छन। भर्खरै मात्र उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा ट्रेनिंग गर्दै गरेको भिडियो सेयर गर्दै ‘अल्वेज लर्निङ्ग’ भन्दै क्याप्सन राखेकी छन। उनको यो स्टोरी हेर्दा उनि फिल्म दान्भीलाई लिएर कति सम्म उत्साहित र सिरियस छन भन्ने देख्न सकिन्छ।

हुनत पूजाको अभिनेत्री रेखा थापासँगको अर्को प्रोजेक्टपनि पाइप लाईन मै छ। दान्भी भन्दा पहिलेनै फ्लोरमा जानु पर्ने उक्त प्रोजेक्टको स्क्रिप्टको काम नसकिएपछि फिल्म केहि महिना पर सरेपछि उनले अहिले दान्भीका लागि पूर्ण समय दिईरहेकी छन।  फिल्ममा पूजाको अपोजिटमा मोडल कुन्साङ बम्जन छन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com