सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि महिना अघि सार्वजनिक भएको गीत सकम्बरीबाट एकाएक चर्चामा आएकी मोडल कुसुम शर्मा नेपाली सिने जगतमा डेब्यु गर्ने पक्का भएको छ।  उनि अभिनेता आर्यन सिग्देलको अपोजिटमा फिल्म ‘सञ्जिवनी’मा देखिन लागेकी हुन्। सबकम्बरीबाट चर्चाका साथै आलोचना सम्म खेपेकी कुसुमले  उक्त फिल्ममा आफु अनुवन्धित हुन पाउँदा निकैनै भाग्यमानी ठान्दै गायक प्रकाश सपुत तथा सकम्बरी टिमलाई धन्यवाद दिएकि छन।

निर्माण टिमले ‘सञ्जिवनी’को फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म बन्ने घोषणा गरिसकेको छ। सम्बधलाई उमेरले छेक्न सक्छ भने थिमका साथै रिलिज भएको पोस्टरपनि निकै आकर्षित बनेको छ। पोस्टरमा अभिनेता आर्यन सिग्देललाई परिपक्व पुरुषको रुपमा देखाईएको छ भने कुसुमलाई टिन एज गर्लको रुपमा देख्न सकिन्छ। जसलाई आर्यनको स्कुटर पछाडी देख्न सकिन्छ।

कुसुम र आर्यनसँगै फिल्ममा कृष्ण लिला फेम्ड नायिका श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठको पनि मुख्य अभिनय रहनेछ। दिनेश श्रेष्ठले निर्देशन गर्ने फिल्म सिल्भर लेक पिक्चर्स प्राईभेट लिमिटेडको ब्यानरमा बन्न लागेको हो। फिल्मका प्रस्तुतकर्ता भने आशिर सुबेदी रहेका छन। फिल्मको छायांकन भदौबाट सुरु हुने जानकारी निर्देशक श्रेष्ठको रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com