सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फर्स्ट लुकबाटै चर्चाको विषय बनेको फिल्म हो ‘गुलाबी’। अभिनेता नजिर हुसेनको मुख्य भूमिका रहेको फिल्मको पोस्टर सार्वजनिक भएसँगै फिल्मले एक किसिमको हाईप क्रिएट गरिसकेको छ। अब भने फिल्मलाई लिएर निर्माण टिमले अर्को जानकारी बाहिर ल्याएका छन। रिलिज अगावै फिल्मको अमेरिका राईट्स बिक्री भएको खर निर्माण टिमले दिएको छ। फिल्मलाई अमेरिकी कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले खरिद गरेको हो । उक्त कम्पनिले गुलाबीलाई नाम परिवर्त गर्दै  ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’को शिर्षकमा वर्ल्ड वाइड वितरण गर्ने भएको छ। निर्देशक समुद्र भट्टले दिएको जानकारी अनुसार  ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’सँग उक्त अमेरिकी कम्पनीले निर्माण र वितरणमा सहकार्य गर्न लागेको हो ।

अब भने फिल्मको नेपाल रिलिज डेटमा फेरबदल हुन सक्ने जानकारी निर्माण टिमले दिएको छ। फिल्ममा अभिनेता नजिर हुसेनका साथै संचिता लुइँटेल, सुशील सिटौला, विशाल पहरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com