सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि असार २९ गते बाट देशभर प्रदर्शन हुने फिल्म बगानको  ‘न वारमा छु, न पारमा छु’ बोलको गीत सार्वजनिक गरिएको छ।  स्याड गीतमा फिल्मकि मुख्य पात्र करिष्मालाई वियोगमा देख्न सकिन्छ। गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ ।

बरिष्ट अभिनेता सरोज खनालद्वारा निर्देशित फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुति तथा केबी फिल्म्सको सहकार्यमा बनेको हो। फिल्मका कार्यकारी निर्माता बिनोद मानन्धर रहेका छन। फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन र अर्जुन जिसी/राजेश शाह/सन्देश शाहको सम्पादन छ । फिल्ममा सुरेश वाग्लेको लगानी रहेको छ।

एकल महिलाको कथामा आधारित फिल्ममा करिष्मा मानन्धर सहित सरोज खनाल, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा र निर शाहलाई पनि देख्न सकिन्छ। फिल्ममा अभिनेता आकाश श्रेष्ठले केमियो भूमिका निभाएका छन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com