सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आजबाट प्रदर्शन भएको फिल्म ‘परस्त्री’को बुधबार साँझ काठमाडौँको बिग मुभिजमा प्रिमियर सम्पन्न भएको थियो। सिनेकर्मी र संचारकर्मीहरुको बाक्लै उपस्थितिमा सम्पन्न उक्त प्रिमियरमा फिल्मले राम्रो तारिफ बटुलेको छ। परस्त्री हेर्न हलमा निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्राई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर खड्का, अभिनेत्री स्वस्तिमा खड्का, अन्जना बराईली लगायत पुगेका थिए ।

परस्त्री हेरेर अभिनेत्री स्वस्तिमा खड्काले फिल्मका निर्देशक सुरज र कलाकारहरूको कामको मुक्तकण्ठले प्रशंसा  गर्न पछि परिनन। उनले सुरजले लभ लभ लभमा आफुलाई एउटा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो फिल्मनिर्देशन गरेकोमा आफुलाई गर्व लागेको भन्दै फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के, गौरव बिष्ट र कोशिश क्षेत्रीले आफ्नो भूमिकालाई न्याय गरेको भन्दै फिल्मले दर्शक होल्ड गर्न सक्ने तर्क राखिन।

श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा फिल्म निर्माण भएको छ । फिल्मका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामका प्रशंसा भैरहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने दिपेन्द्र के खनालले लेखेका हुन्। भारतमा भने फिल्म भोलिबाट प्रदर्शन हुदैछ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com