सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म बगानको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ३ मिनेट  लामो फिल्मको ट्रेलरमा अभिनेत्री करिष्मा मानन्धरलाई केन्द्रमा राखिएको छ। एकल महिलाको संघर्षलाई मुख्य विषय बनाएर बनेको फिल्मलाई बरिष्ट अभिनेता सरोज खानले निर्देशन गरेका हुन्।  उनको यो डेब्यु निर्देशकीय फिल्म रहनेछ। टिजरमा करिष्मासँगै सरोज खनाल, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा र निर शाहलाई पनि देख्न सकिन्छ। फिल्ममा अभिनेता आकाश श्रेष्ठले केमियो भूमिका निभाएका छन।

नेपाली वेबसाइट डटकमको प्रस्तुति तथा केबी फिल्म्सको सहकार्यमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद मानन्धर रहेका छन। फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन र अर्जुन जिसी/राजेश शाह/सन्देश शाहको सम्पादन छ । फिल्ममा सुरेश वाग्लेको लगानी रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com