सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असार २९ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म हो ‘बगान’  लामो समय पछि सदावहार अभिनेत्री करिष्मा मानन्धरले यसै फिल्मबाट कमब्याक गरेकी छन। एकक महिलाको मुख्य विषयलाई उठान गरेर बनेको फिल्ममा करिष्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ। अहिले फिल्मका निर्माण टिम देखि कलाकारहरु प्रमोसनमा दौडीरहेका छन। दिनहुँ जस्तो अन्तर्वार्तामा हिडेका कालाकार देखि निर्माण टिम फिल्मलाई लिएर निकैनै आसावादी पनि देखिएका छन।

अहिले भने अभिनेत्री करिष्मा मानन्धरले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ३ छुट्टाछुट्टै स्ट्याटस लेख्दै बगानलाई प्रमोसन गरेकी छन।  उनको पहिलो स्ट्याटसमा धरानका मेहर हर्क साम्पाङलाई अंकित गरेको देख्न सकिन्छ। उनि लेख्छिन हर्ष ( हर्क )साम्पङ्ग सामाजिक परिवर्तन सोचिरहेको छौ भने धरानमा यो चलचित्रलाई ठाउँ दिनुहोस। ‘ यसो भन्दै गर्दा धरानका मेहरलाई करिष्माले नेपाली फिल्मको प्रमोसनमा केहि योगदान दिउन भन्ने आसा राखेकी छन।

उनको दोश्रो स्ट्याटस भने काठमाडौँ महानगरपालिकाका मेहर बालेन शाह प्रति छ। बालेनलाई प्रश्न गर्दै उनि लेख्छिन नेपाली चलचित्र कसरी बिस्तार गर्ने सोच्नु भयेको छ भने ‘बगान’लाई साथ दिनुस। ‘ भन्दै उनले नेपाली फिल्मलाई साथ र सपोर्ट गर्न अनुरोध गरेकी छन। बालेनले केहि समय अघि काठमाडौँ उपत्यकामा हिन्दी फिल्म नचलाउने आदेश दिएका थिए। जुन कुरालाई सबै नेपालीले खुलेर साथ दिएका थिए।

उनको तेश्रो स्ट्याटसमा भने उनले कसैलाई लक्षित गर्दै लेखेकी छन, जहाँ अरुको कुरालाई प्रतिकार गर्ने होइन, आफुसङ्ग के छ त्यसलाई स्वीकार गरौं भने वाक्य देख्न सकिन्छ। उनको उक्त स्ट्याटसबाट के बुझ्न सकिन्छ भने कतै विदेशी फिल्मको प्रतिकार गरेका मेयर बालेन शाहले नेपाली फिल्मलाई कसरी सपोर्ट गरिरहेका छन। या भनौँ बालेनले पनि नेपाली फिल्मको प्रवर्धनमा केहि टेवा पुर्याउन भन्ने करिष्माको आसय बुझ्न सकिन्छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com