सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भाद्र २४ गतेलाई रिलिज डेट फिक्स गरेर बसेको फिल्म ‘ऐँचो पैँचो’को अफिसियल टिजर सार्वजनिक भएको छ। सार्वजनिक ५८ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु स्वस्तिमा खड्का, मुकुन भुसाल, बर्षा राउत, सुशिल सिटौलालाई केन्द्रमा रखिएको छ। टिजर हेर्दा फिल्म राजनीतिक विषय उठान गरेको अड्कल गर्न सकिन्छ।

कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछानेको लगानी रहेको छ। फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, बर्षा राउत, सुशिल सिटौलाका साथमा कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com