सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  कन्ट्रोवर्सीमा परिरहने अभिनेत्री हुन आँचल शर्मा। केही दिन अघि मात्र एक फेसन शोमा एक प्रतिस्पर्धीको बडी सेमिङ्ग गरेको आरोप खेपेपछि सामाजिक सञ्जाल भरि उनलाई गाली गर्नेको जमात मौरी जस्तै थिए।  तर पछि उनले पीडित भनिएका प्रतिस्पर्धीलाई आफूले बडी सेमिङ्ग नगरेको र उक्त वाक्य अरु नै विषयमा बोलेको भन्दै ती प्रतिस्पर्धीसँग कुरा गरेर विवाद साम्य बनेको थियो। तर अहिले आँचलले केही सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइन विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।

उनलाई एक अनलानले दयाहाङ राइको बिषयमा नबोलेको कुरालाई अनावश्यक रुपमा प्रचार गरेका थिए। एक अनलाइनले  आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्ने पोस्ट गरेपछि आँचल प्रहरी समक्ष पुगेकी हुन।  उनका अनुसार आफ्नो चरित्रमा आँच आउने ढङ्गले सामाजिक सञ्जालमा समाचारहरू तथा भिडियोहरू पोस्ट भएपछि उनले ती प्रयोगकर्ता विरुद्ध उजुरी दिन बाध्य भएकी हुन्। शनिवार बेलुकी साइबर ब्युरो पुगेकी उनले आफ्नो फोटो तथा भिडियो अनुमति बिना मिस युज गर्दै चरित्र हत्या गर्ने उद्देश्य भिडियो बनाउने व्यक्तिलाई  पहिचान गरी कानुन बमोजिम कारबाही गरी पाऊँ’ भनी आँचलको निवेदनमा ‘ उल्लेख गरिएको छ ।

उक्त विवादपछि अभिनेता दयाहाङ राइले पनि आफ्नो सामाजिक सञ्जालमा आँचलको समर्थन गर्दै लामो स्ट्याटसनै लेखेका छन्।  उनी लेख्छन : अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।
त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।

सामाजिक सञ्जालको गलत प्रयोग वा भनौँ गलत समाचार सम्प्रेषणका कारणले गर्दै कतिपय कलाकारहरू अहिले प्रहरीको  शरणमा पुग्ने गरेका छन्।  केही समय अघि मात्र डिल्लीराम खनाल भन्ने व्यक्तिले अभिनेत्री करिष्मा मानन्धरलाई रबि लामिछानेसँग नाम जोडेपछि उनले दिएको उजुरी अनुसार खनाललाई प्रहरीले १७ दिन थुनामा राखेको थियो भने पछि २ लाख धरौटी दिएर उनी रिहा भएका थिए।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com