सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पूजा शर्मा र कुन्साङ्ग बम्जनको मुख्य भूमिका रहेको फिल्म दान्भीको अहिले धमाधम छायांकन भईरहेको छ।  काठमाडौँको छायांकन सेड्युल सकाएर दर्जिलिङ्ग छायांकनमा जाने योजना बनाई रहेको निर्माण टिमले भर्खरै मात्र फिल्ममा समावेश  ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरेको छ। गीतको छायांकन सकेसँगै निर्माण टिमले उक्त तस्वीरहरु सार्वजनिक गरेको हो। तस्वीरमा फिल्मका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्वीरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो हेर्दा निर्माणपक्षले उत्कृष्ट बनाउनका लागि खुबै मिहिनेत गरेको देखिन्छ ।

अर्जुन पोखरेलको संगीत रहेको गीतलाई चाडै नै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ । फिल्मलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो फिल्मको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ ।

नायक कुन्साङ र नायिका पूजाले पहिलो सोहि फिल्मबाट पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com