सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: डेढ दशक अघिको ब्लकबस्टर फिल्म ‘हामी तिन भाइ’को नाम सापटी लिएर निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा पुनः एक चोटि हामी तिन भाइ निर्माण हुने भएको छ। भर्खरै मात्र निर्माण टिमले गोर्खाको मनकामना मन्दिरमा पुगेर फिल्मको स्क्रिप्टको पूजा गरेका छन्। निर्देशक भट्टराईको कथामा बन्न लागेको फिल्मको पटकथा तथा संवाद भएन शिवम अधिकारीले लेखेका हुन्। फिल्ममा नायक बिनोद न्यौपाने, कुसल बिष्ट र नायिका बस्नेतको मुख्य भूमिका रहनेछ। फिल्ममा अझै दुई अभिनेत्रीहरूको मुख्य भूमिका रहनेछ जसको छनौट निर्माण टिमले चाडै नै गर्नेछ। फिल्म साउन १० गतेबाट फ्लोरमा जादैछ।

प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवलदार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ ।
त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्ममा  सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।

शिव ढकालको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको सङ्गीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्व संगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समीर मियाँ, बनिष शाहको सम्पादन रहने फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल रहनेछन् भने सहायक निर्देशक दिनेश कार्की हुनेछन् ।

यस अघि ‘हामी तिन भाइ’लाई स्वर्गीय निर्देशक शिव रेग्मीले निर्माण गरेका थिए। जसलाई अहिले पनि बच्चा देखि वृद्धले मन पराउने गर्छन्। त्यस बेला फिल्मका स्टार कास्टपनि उत्तिकै बलियो रहेको थियो भने फिल्मका गीतहरू पनि उत्कृष्ट थिए।  अब हेर्न यो बाकी छकी डेढ दशकपछि सोही नामको फिल्मले दर्शकलाई कति मनोरञ्जन दिन सक्छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com