सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौंँ: ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पानमा आस गर्न सकिने बताएका छन् । ‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जितेपनि मिष्टर वल्र्ड नेपाल भित्र्याउन  सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो ।
‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृट गरेका छौ’, धमलाले भने ‘मलाई विश्वास छ । यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपाल आउने छ ।’ मिष्टर नेपालमा बिगतका भन्दा उत्कृष्ट प्रतियोगी यसपटक रहेको धमलाले दाबी गरे ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ ।
कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको बिबिधताबारे जानकारी दिए । यो पटक मिष्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकारले बताए ।
‘हामीले प्रतियोगीलाई प्रतियोगीता केन्द्रीत भन्दापनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । अधिकाम्स प्रतियोगीता फम्र्याट त्यस्तै हो । तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन् ।’ प्रतियोगीतामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका ब्यक्ति प्रतियोगीका रुपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीतालाई हेर्ने दृष्टिकोण समेत बिस्तारै फेरिएको धारणा राखे ।
१५ औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगीता गत बर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो ।
कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगीता गर्ने अपेक्षा सहित मिष्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् । ‘मिष्टर नेपाल देशकैै उत्कृष्ट प्रतियोगीताको रुपमा चिनाउने उदेश्यले आयोजना गर्दै आएका थियौ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन’, थापाले भनिन् ‘नेक्स्ट मोडल्सले मेरो विस्वास कायम राखेको छ ।’ प्रतियोगीता यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगीता भएको दाबी उनको छ ।
कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयको अलवा प्रतियोगीतामा आउनुको उदेश्य समेत मिडिया राखेका थिए ।
प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com