सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तीज विशेष गीत सार्वजनिक गरिएको छ । तीज नजिकिन अझै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि अर्को तजि गीत सार्वजनिक गर्ने क्रम बढेको छ । यही मेसोमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा संगीतमा ‘आकुर माकुर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र मोडल विना राउतले नृत्य गरेका छन् । उत्सव दाहालको छायांकन रहेको यो भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com