सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शन हुने फिल्म जय होलाई सेन्सर बोर्डले पास गरेको छ। शुक्रबार सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट थमाउदै रिलिज इजाजत दिएको हो। अब भने शोभित बस्नेत निर्मित फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउँने छन।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईको निर्देशनले निर्देशन गरेका हुन्।  फिल्ममा सलोन र केकी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको सङ्गीत छ । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com