सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो दशैँलाई प्रदर्शन मिति तय गरेको फिल्म  ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ। अभिनेता बिपिन कार्कीको जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरमा फिल्मका मुख्य पात्र भष्मे डनलाई देख्न सकिन्छ।

टुकी आर्ट्सको ब्यानर तथा खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्।  फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण बहादुर थापाको सम्पादन, बनिष शाहको सम्पादन, कृष्ण भारद्वाज र किरण भुसालको सङ्गीत, प्रवीण सिंहको नृत्य निर्देशन, शङ्कर पाण्डेको प्रोडक्शन डिजाइनिङ छ ।

फिल्ममा अभिनेता बिपिन कार्कीसंगै स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि मुख्य भूमिका रहेको छ।
फिल्ममा केमियो भूमिकामा अभिनेता निश्चल बस्नेत र अभिनेत्री आँचल शर्मापनि देख्न सकिन्छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com