सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘हात्तीछाप’को डबिङ सुरु भएको छ । निर्माणपक्षले शनिबारबाट फिल्मको डबिङ सुरु गरेको हो ।

यो फिल्मका निर्माता किरण नेपालीका अनुसार एक सातासम्म फिल्मको डबिङ हुनेछ । यसपछि, फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माणपक्षको छ ।

यो फिल्मको छायांकन काठमाडौं र पोखरामा गरिएको थियो । फिल्मको एक गीतको मात्र छायांकन हुन बाँकी रहेको किरणले बताए । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको यो फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

फिल्मको पहिलो दिनमै कलाकार बुद्दि तामाङले डबिङ गरिरहेका छन् । बुद्दिले फिल्मको छायांकनमा निकै रमाइलो भएको भन्दै डबिङमा पनि झनै मज्जा आएको बताए । उनले, फिल्म हेरेर दर्शकले पनि मनोरञ्जनले लिने पक्का गरेका छन् । यो फिल्मको अधिकांश देशमा प्रदर्शन अधिकार समेत विक्री भैसकेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com