सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रामबाबु गुरुङले निर्माण एवम् निर्देशन गर्ने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को प्रदर्शन मिति तय गरिएको छ। फिल्मले आगामी नयाँ बर्ष २०८१लाई प्रदर्शन मिति चुनेको छ। निर्माण टिमले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट लक गरेको हो। ‘डिग्री माइला’ रंग मन्चमा प्रदर्शन भएर चर्चित बनिसकेको छ। जसमा दयाहाङ राईले मुख्य भूमिका निभाएका थिए। अब भने नाटक ‘डिग्री माइला’लाई रामबाबुले फिचर फिल्ममा उतार्न लागेका हुन्।

असोज र मङ्सिर गरि २ सेड्युलमा छायांकन हुन लागेको फिल्मका निर्माण टिमले अहिले सम्म कास्ट एण्ड क्रु बारे जानकारी दिइसकेका छैनन्।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको थिम पोस्टरमा निर्माण टिमले ‘किन चाउरियो मरिच आफ्नै रागले’ भन्ने स्लोगन राखेको छ। कमेडी जनरामा निर्माण हुने फिल्म शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुने जानकारीपनि निर्माण टिमको छ। स्मरण रहोस गत बर्ष निर्देशक रामबाबु गुरुङ निर्देशित  ‘कबड्डी ४’ र ‘फुलबारी’ले बक्स अफिसमा राम्रो कमाई गरेका थिए भने उनले निर्माण गरेको फिल्म जारी भने गत वैशाख १ गतेबाट प्रदर्शन भएको थियो। जसले प्रदर्शनको ५१ औँ दिन पार गरिसकेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com