सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि सार्वजनिक गरिएको टिजर र ‘काले केटाले’ बोलको गीतले फिल्मको हाईप बढी सकेको छ। अब भने निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तिव्र बनाएको हो। फिल्म यहि भदौ १४ गतेबाट देशभर प्रदर्शन हुदैछ।

ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई फिल्मले उठान गरेकाले आफ्नो मन छोएको बताए । फिल्मको सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com