सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: नायक तथा निर्माता हसनराजा खानले नयाँ फिल्म ‘प्रस्थान’ निर्माण गर्ने भएका छन् । बैदेशिक रोजगारीको कथामा उनले यो फिल्म निर्माण गर्न लागेका हुन् ।

अमेरिकामा आयोजना भएको ‘छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा उनले ‘प्रस्थान’ फिल्म बनाउने घोषणा गरे । उक्त अवार्ड समारोहमा पुरस्कार वितरण गर्न पुगेका हसनले फिल्म ‘रोमियो’पछि ‘प्रस्थान’को काम अगाडि बढाएको बताएका हुन् ।

यो फिल्मको छायांकन दुबइ र नेपालमा हुनेछ । हसन लामो समयदेखि व्यवसायको सिलसिलामा दुबइमा छन् । यो फिल्मको निर्माणमा दुबइको कम्पनी किव्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ ।

बैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने नेपालीहरुको कथामा बन्ने फिल्मलाई ३ करोड बजेटमा तयार गर्ने हसनले बताए । उनका अनुसार, फिल्मलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी गरिएको छ । फिल्मको निर्देशन समेत हसनले नै गर्नेछन् ।

हसनले यसअघि नायक आर्यन सिग्देललाई लिएर फिल्म ‘अलबिदा’ निर्माण गरेका थिए । यस्तै, फिल्म ‘रोमियो’मा उनले निर्माण तथा अभिनय गरेका थिए ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com