सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भाद्र २९ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म ‘एक भगवत गीता’को ‘ के तिमीलाई यो कुरा’ बोलको गीत सार्वजनीक गरिएको छ। ओ एस आर डिजिटलबाट सर्वाज्निकी भएको उक्त गीतमा अभिनेत्री सुहाना थापा र जेभिस र जिभिनलाई देख्न सकिन्छ। हर्कुलस बस्नेत, राजाज्ञा श्रेष्ठ र सुमन गुरुङको आवाज रहेको उक्त गीतमा सबिन एकतारेको शब्द रहेको छ।  हर्कुलस बस्नेतकै संगीत रहेको उक्त गीतको मिक्सिङ्ग र मस्टरिंग भने रिकेश गुरुङले गरेका हुन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई राजेश श्रेष्ठले खिचेका हुन्।

सुहाना थापाको कन्सेप्टमा अभिनेत्री तथा निर्मात्री झरना थापाको निर्देशनमा बनेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुहानासँगै विपिन कार्की, सुहाना थापा, धिरज मगरका अलावा कबिर खड्का जेविए एण्ड जेभिन श्रेष्ठ, सन्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com