सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नामको कारण विवादमा मुछिएको फिल्म  ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)लाई अन्तत सेन्सर बोर्डले पास गरेको छ।  यस अघि एक भवगत गीता नाम रहेको फिल्मलाई मङ्गलबार सेन्सर बोर्डले पास गर्दै युनिभर्सल सर्टिफिकेट थमाएको हो। फिल्मलाई अब हरेक उमेर समूहका दर्शकले हेर्न सक्नेछन साथै फिल्म अब कुनै झमेला बिना प्रदर्शन हुने पक्का भएको छ।

निर्देशक झरना थापाले शिर्षक विवादले सेन्सरमा केही ढिलाई भएपनि सेन्सर पास भएर दर्शकमाझ फिल्म रिलिज गर्न पाउँदा निकै खुशी लागेको बताएकी छन। सेन्सरमा फिल्म हेरेका सवैले ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राम्रो बनेको भन्दै तारिफ पाएको भन्दै निर्देशक थापाले खुशी समेत व्यक्त गरेकी छन् ।

सुहाना थापाको कन्सेप्टमा अभिनेत्री तथा निर्मात्री झरना थापाको निर्देशनमा बनेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्का जेविए एण्ड जेभिन श्रेष्ठ, सन्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com