सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फेसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम मनाएको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन । कार्यक्रममा उनले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफुपनि सुन्दर हुन फेसियल हाउस आउने गरेको स्मरण गरिन् ।

कार्यक्रममा फरक प्रसंगमा उनले फेसियल हाउसमा सीसि क्यामेरा राख्नु गलत नभएको धारणा राखनि । त्यो सेवाग्राही कै लागी उपयोगी हुने धारणा राखिन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जब सम्म आर्थिक रूपका सशक्तीकरण हुदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । उनले राम्रो काम गर्नेको पक्षमा आफु सँधै रहने गरेको जानकारी गराइन । उनले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफुसँधै फेसियल हाउसका साथमा रहेको बताइन् ।

कार्यक्रममा कर्पोरेट खबरका सञ्चालक उज्जवलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए । अहिले निजी क्षेत्रलाई चौतर्फी रुपमा गिराउने कोशिस भईरहेको समेत जानकारी गराए । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशको रुपमा बदल्न आवश्यक रहेको बताए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चा‌ैधरीले आफु सँस्कृती जोगाउन सँधै लागी पर्ने बताए । उनले आफुले जेलमा बसेको बेलामा पनि गीत गाउने गरेको जानकारी गराए । कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि खुलासा गरे । नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रूपैयाँ पैसा भएको खुलासा गरे ।

कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बितिकै महिलाहरू व्यस्त हुने गरेको बताइन् । उनले फरक प्रसंगमा महिलाको दुश्मन महिला नै हुने गरेको बताइन् ।

उनले देशमा अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताइन् । उनले आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् ।

कार्यक्रममा हाउसका उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी रहेको थियो । कार्यक्रममा फेसियल हाउसले मन्त्री चौधरी र उनको श्रीमान तथा नेउपाका नेता रेशम चौधरीलाई पुरस्कार दिएको छ |

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com