सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रवार बिहान राजधानीको नया बानेश्वरमा नयाँ फिल्म हल  ‘आइ. एन. आइ. सिनेमाज’ को भव्य शुरुवात गरिएको छ। बरिष्ठ चलचित्रकर्मी हरि वंश आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष्य चण्डी प्रसाद ढकालद्वारा उद्घाटन गरिएको उक्त  सिनेमा हल चर्चित कलाकार, निर्माता दिपाश्री निरौला , दिपक राज गिरि, निर्मल शर्मा , गिरेन्द्र मुनकर्मी, प्रभात रिमाल लगायत अन्य १० लगानीकर्ताहरुको सयुक्त लगानीमा खोलिएको हो ! समारोहमा नेपालका चलचित्रकर्मिहरु मनोज पण्डित, गौरी शंकर धुजु, कृषा चौलागाईं , नरेन्द्र महर्जन, गोपाल कायस्थ , जितु नेपाल, सम्झना उप्रेती रौनियार लगायत धेरै जना उपस्थित भएका थिए ! सो अवसरमा दिपक राज गिरीले यस हल बाट आम्दानि बाट प्राप्त रकमको ५० प्रतिशत निर्मातालाई उपलब्ध गराउने घोषणा गरे !
उक्त समारोहाका केहि तस्बिरहरु

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com