सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को पहिलो गीत सार्वजनिक भएको छ। संविधान दिवशको अवसर पारेर सार्वजनिक भएको उक्त ‘बिरामी मुलुक’ बोलको लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ। सार्वजनिक लिरिकल भिडियोका चल अचल दृश्यमा प्राय सवै कलाकारलाई कारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने देखिन्छ ।

यहि कार्तिक २४ गतेबाट प्रदर्शन हुने फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको हो।  फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । यसै फिल्मबाट स्वस्तिमाले  पहिलो पटक निश्चलले निर्देशन गरेको फिल्ममा सहकार्य गरेकी हुन्।

फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन। फिल्मा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com