सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ । असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता केदार भुषाल हुन्। विजया दशमीको छेको पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो। दशैं भनेको नेपालीहरुको महान चाड हो र यो बेलामा सबैको रमाइलो गर्ने मुड हुन्छन् त्यस बेला फिल्म हेर्ने दर्शक पनि धेरै हुन्छन त्यही भएर यो समयमा प्रदर्शन गर्न लागेको निर्माता भुषालले बताए।

फिल्मलाई कुमार भास्करले निर्देशन गरेका हुन् । फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई,सन्दीप लोहनी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भीम विश्वकर्माको सम्पादन,सुदीप श्रेष्ठको कलर रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com