सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु गरिएको छ। गत शनिबार काठमाडौँको भाटभटेनी मन्दिरमा शुभ साईत गरेको फिल्मको अबभने रुम्झाटारबाट छायांकन सुरु भएको छ।  फिल्मको छायांकनको पहिलो दिन अभिनेता बुद्धि तामाङ र अभिनेत्री आँचल शर्माले क्यामेरा पूजा गर्दै पहिलो सट दिएका हुन्। रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म नयाँ बर्षको अवसर पारेर प्रदर्शन हुने निर्माण टिमको जानकारी रहेको छ।

हाल बुद्धि र आँचलको मात्र दृश्य खिचिरहेको निर्माण टिमले जानकारी दिएको छ। ८ गतेबाट भने दयाहाङ राईपनि सेटमा पुग्नेछन। फिल्ममा दर्शकहरुले दया र आँचलको जोडीलाई देख्न सक्नेछन। यी दुईको यो पहिलो सहकार्य हुनेछ।

हाल पहिले सेड्युलको छायांकन सुरु गरेको निर्माण टिमले दोस्रो सेड्युलको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गा गर्ने योजना बनाएको छ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com