सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कार्तिक ४ गते फूलपातीको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’को नयाँ गीत सार्वजनिक गरिएको छ।  ‘प्रेम शरणम’ बोलको गीतमा फिल्मका मुख्य पात्रहरु अभिनेता बिपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन। डान्सिङ्ग बिटको उक्त गीतमा बिपनले स्वस्तिमालाई फकाउन जोडतोडले प्रयास गरिरहेका छन। काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको आवाज रहेको गीतमा बीच बीचमा र्याप पनि मिसाईएको छ। गीतमा र्याप भने कृष्ण भारद्वाजको रहेको छ। कृष्ण भारद्वाजकै संगीत रहेको गीतको शब्द भने सुशील पौडेल र कृष्ण भारद्वाजको रहेको छ।

टुकी आर्ट्सको ब्यानर तथा खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्।  फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण बहादुर थापाको सम्पादन, बनिष शाहको सम्पादन, कृष्ण भारद्वाज र किरण भुसालको सङ्गीत, प्रवीण सिंहको नृत्य निर्देशन, शङ्कर पाण्डेको प्रोडक्शन डिजाइनिङ छ ।

फिल्ममा अभिनेता बिपिन कार्की र स्वस्तिमा खड्कासंगै सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि मुख्य भूमिका रहेको छ।
फिल्ममा केमियो भूमिकामा अभिनेता निश्चल बस्नेत र अभिनेत्री आँचल शर्मापनि देख्न सकिन्छ। फिल्म नेपालीहरुको महान चाड बडादशैँबाट अल नेपाल रिलिज हुदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com