सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को दोश्रो गीत सार्वजनिक भएको छ।  सोमबार राजधानीमा पत्रकरण सम्मेलन गर्दै निर्माण टिमले फिल्मको  ‘झम्के झमा झम’ बोलको लोक प्याटर्न गीत सार्वजनिक गरेको हो। यस अघि बिरामी मुलुक बोलको गीत सार्वजनिक गरेर छुट्टै हाईप क्रिएट गरेको फिल्म आम दर्शकमाझ प्रतिक्षित बैरहेको छ। सार्वजनिक दोश्रो गीतमा निर्देशक निश्चललाई कम्मर भाँच्दै गरेको देख्न सकिन्छ। गीतमा उनलाई अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराललगायतलाई पनि  गीतमा देख्न सकिन्छ। गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com