सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । यो फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ । यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यो फिल्मको कथालाई अनमोलले निकै मन पराएको वुझिएको छ । अनमोलले लामो समयदेखि यो फिल्मको पटकथा लिएर तयारी गरिरहेका छन् ।

यसैबिच, फिल्ममा अब अडिसनबाट २ नयाँ कलाकारलाई छनोट गरिएको छ । अनमोल र जसितापछि मुख्य भूमिकामा फिल्ममा सम्वृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको हो । निर्माता अधिकारीले दुबै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताए । दुई नयाँ कलाकार भित्रिएपछि फिल्मले २ जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । यो फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो फिल्मले सपना र विपनाविचको कन्फ्यूजनको कथा भन्नेछ । नायक अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com