सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बर्षकै प्रतिक्षित मानिएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बीच सर्वजनिक गरिएको फिल्मको ट्रेलर निकै आकर्षित बनेको छ। २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ललाई केन्द्रमा राखिएको छ। ७ बर्ष पछि पनि भष्मे डनमा उस्तै ताजगी देख्न सकिन्छ। पशुपति प्रसाद २को दोश्रो शृंखलाबाट फिल्ममा जोडिएका सौगात र स्वस्तिमाको क्यारेक्टर हेर्दा लाग्छकि उनीहरु पहिलो शृंखलादेखिनै फिल्ममा छन। फिल्ममा हनुमानको ठाउँ स्वस्तिमाले लिएको आभास हुन्छ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्लका अलावा रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com