सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ ।  सार्वजनिक १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु हिरो इओन लिम्बु र डेव्यु हिरोईन सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।

इओन र सिमोनका अलावा टिजरमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारीलाई स्थान दिइएको छ । सार्वजनिक टिजर हेर्दा फिल्ममा अभिनेता गौरव पहारी भिलेको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

उदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको हो भने फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको फिल्ममा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय देख्न सकिन्छ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछ।

आगामी मंसिर २९ गतेबाट रिलिज हुने फिल्मको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com