सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो फिल्म ‘फर्की फर्की’को प्रदर्शन मिति तय गरेका छन् । अब भने फिल्म वि.सं २०८१ सालको जेठ ११ गते रिलिज हुने पक्का भएको छ । निर्माता अधिकारीले वितरकसँग सल्लाहा गरेर फिल्मलाई जेठमा रिलिज गर्न लागेको बताए ।

यो फिल्मको वर्कशप पनि सुरु भएको छ । वर्कशपमा फिल्मका मुख्य नायक अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र समृद्धि अर्याल जोडिएका छन् ।

फिल्मकी मुख्य नायिका जसिता गुरुङले भने केही दिनमै वर्कशप सुरु गर्ने निर्माणपक्षले बताएको छ । सुयोग गुरुङले निर्देशन गर्ने यो फिल्मलाई लिएर अनमोल केसी निकै उत्साहित छन् ।

फिल्मकी मुख्य नायिका जसिता गुरुङले भने केही दिनमै वर्कशप सुरु गर्ने निर्माणपक्षले बताएको छ । सुयोग गुरुङले निर्देशन गर्ने यो फिल्मलाई लिएर अनमोल केसी निकै उत्साहित छन् । फिल्मको कथा निकै नै राम्रो भएकाले आफू उत्साहित भएको अनमोल बताउँछन् ।

यो फिल्मको छायांकन काठमाडौं, पोखरा, अन्नपूर्ण बेस क्याम्पमा गरिनेछ । साथमा, एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार हुन लागेको फिल्मका सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ ।

फिल्मको छायांकन मंसिरको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म दिएका निर्माता अधिकारीले यसपटक दर्शकले प्रेमको कथामा बेग्लै स्वाद पाउने बताए । फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com