सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक अजेष पौडेलले ‘फाटेको लुगा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन। भ्वाइस अफ नेपाल हुँदै गायनमा सकृय पौडेलले यस अघि ‘भंगेरी चरी’ र ‘जे छु ठिकै छु’ बोलको गीत सार्वजनिक गरिसकेका छन।  हालै सार्वजनिक ‘फाटेको लुगा’ बोलको गीतमा एक आमाले आफ्नो सन्तान र परिवारको भविष्य बनाउन गरेको संघर्षलाई देखाउन खोजिएको छ। सार्वजनिक गीतको भिडियोमा मोडल कविता नेपाली र अशोक भुजेलको अभिनय देख्न सकिन्छ भने मनिला बानियाँले बालकलाकारको अभिनय गरेकी छन।

लक्ष्मण आजादको शब्द रहेको गीतको कम्पोज भने गायक अजेषले नै अग्रेका हुन्। मनोज थापा मगरको एरेन्ज \ मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतको भिडियोलाई अनिल कटुवालले खिचेका हुन्। मनिता सुन्दासको कथा तथा सह निर्देशन रहेको गीतलाई अशोक भुजेलले निर्देशन गरेका हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com