सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक भएको गीतको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन, भने उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले अभिनयमा साथ दिएका छन। डान्सिङ्ग बिटमा बनेको भिडियो पनि निकै आकर्षक बनेको छ।  भिडियोमा रोशन, प्रिजा, प्रिन्सी र राजलाई गम्भीर बिष्टले करियोग्रफी गरेका छन।

स्टार इन्टरटेनमेन्ट नेपालको ब्यानरमा बनेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतको भिडियोलाई दिन्सोन शाहले कलर करेक्सन गरेका हुन्। पवन सुश्लिङ्गले खिचेको गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन्। भिडियोमा सुरेन्द्र बसेलको सह-निर्देशन रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com