सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘महाजात्रा’को शुभ मुर्हत गरिएको छ। निर्माण टिमले बुधबार काठमाडौँको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा आजा गर्दै फिल्मको शुभ साईत गरेको हो। सुपर हिट सिरिज ‘जात्रा’को तेश्रो सिक्वेलको रुपमा बन्ने ‘महाजात्रा’को शुभ साईत सँगै छायांकनपनि आजैबाट सुरु भएको छ।

४५ दिने छायांकन सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्म छायांकन काठमाडौँ र जनकपुरमा हुने जानकारी निर्माण टिमको रहेको छ। छायांकनको पहिलो दिन बिपिन कार्की र बर्षा राउतलाई निर्देशक प्रदिप भट्टराईले एक्सन कट भन्नेछन।

षट्कोण आर्टसको ब्यानरमा बन्ने फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दिपेश खत्री र यज्ञस्वर पौडेलको लगानी रहेको छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन।

चैत्र ९ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, शिशिर वाङ्देल, अर्जुनजंग शाही, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेनछ ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com