सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको फिल्म ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
फिल्ममा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।
निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई फिल्ममा समावेश गरिएको बताए । टिजरमा फिल्मका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।
विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको फिल्ममा सम्राट थापाको पाश्र्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायांकन छ ।
फिल्ममा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् । फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com