सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लक्ष्मण सुबेदीको लेखन तथा निर्माणमा बनेको फिल्म ‘सतीदेवी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।सार्वजनिक पोस्टरमा अभिनेत्री मलिका महतलाई देख्न सकिन्छ। पोस्टरमा उनि जुत्ताको माला र अनुहारमा कालो मोसो देख्न सकिन्छ भने केहि गाउँलेहरु उनको पछि लागेका छन। महिलालाई केन्द्रित गरेर बनेको फिल्ममा मलिका महतकै शिर्ष भूमिका रहेको छ।

दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण बनेको फिल्मलाई  लक्ष्मण सुबेदीले नै निर्देशन गरेका हुन्।

फिल्ममा दीपक शर्मा र सुभाष भुसालको सङ्गीत, बाबु श्रेष्ठले छायाङ्कन, देव महर्जनले द्वन्द्व, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। फिल्ममा मलिकाका अलावा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी,मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली र मन्जिला बानियाँको अभिनय रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com