सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  शंकर घिमिरेको लेखन तथा निर्देशन रहने फिल्म ‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा भएसँगै रिलिज डेटपनि तय भएको छ। फिल्ममा  विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ। फिल्म नेपालसहित डायस्पोरामा अर्को बर्षको भदौ २८ गते देखि एकसाथ रिलिज हुने भएको छ।

फिल्मलाई विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईंले निर्माण गर्न लागेका हुन्। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको फिल्म चैतको दोश्रो साताबाट फ्लोरमा जाने जानकारी निर्माण टिमले दिएको छ।

‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com