सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ३३ बर्ष अघि रिलिज भएको फिल्म ‘चिनो’मा समावेश सदावहार गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रि क्रिएट भर्सन सार्वजनिक गरिएको छ। ओरिजिनल गीतमा जस्तै रि क्रिएट भर्सनमा पनि अभिनेता भुवन केसी र अभिनेत्री शर्मिला मल्ललाई देख्न सकिन्छ। भुवन र शर्मिलालाई गीतमा शिशिर भण्डारी, अश्विनि शाही र शंकर श्रेष्ठले अभिनयमा साथ दिएका छन। ओरिजिनल गीतमा नायारण गोपन र आशा भोस्लेको आवाज रहेको थियो भने ३३ वर्षा पछि गीतमा शंकर श्रेष्ठ र अनु चौधरीको आवाजमा रि क्रिएट गरिएको छ।  गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ।

राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक समारोहमा गीतका संगीतकार रन्जित गजमेर,अभिनेत्री शर्मिला मल्ल,अभिनेत्री गौरी मल्ल,निर्माता मोहन सराफ लगाएत बाक्लो संचारकर्मीहरुको उपस्थिति रहेको थियो। सन्तोष राजबाहकले निर्देशन गरेको  भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन्। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रन्जित गजमेरले ३३ बर्ष अघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गर्दै भने ‘त्यति बेला नारायण गोपाल र आशा भोष्लेले गीतमा न्याय दिएका थिए,दर्शक श्रोताले गीतलाई मन पराइदिनु भएको थियो अझै पनि नयाँ गायक गायिकाको स्वरलाई मन पराउनु हुनेछ भन्ने मलाई लाग्दछ।’ गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com