सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘११ः५५’ को निर्माण घोषणा भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा  गरेको हो। क्राइम, थ्रिलर जनरामा निर्माण हुने फिल्ममा सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाटी र सागर खनालको मुख्य भूमिका रहने छ।

केशब पाण्डेको कथा र निर्देशनमामा बन लागेको फिल्म २३ गते शनिवार राति ११: ५५ बजे देखि नै फ्लोरमा जाने निर्माण टिमले जानकारी दिएको छ। फिल्मको छायाङ्कन सेड्युल भने ३५ दिने हुने जानकारी निर्माण पक्षले दिएको छ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आट्र्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह – निर्माता रहेका छन् ।

फिल्म ‘११ः५५’ मा ६ जनाको कथा देखाइएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स- साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति फिल्ममा देखाइने छ ।

फिल्ममा प्रद्युम्न मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायद कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाटी र सागर खनाल अलावा फिल्ममा विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतका कलाकारको पनि अभिनय रहनेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com