सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् ।
यो गीतमा गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर छ । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् । भिडियोको लोकेशन आकर्षक छ ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com